• सोमवार, श्रावण ११ गते २०८३

४ सहकारीले गरे एकिकरण सम्झौता

४ सहकारीले गरे एकिकरण सम्झौता

४ सहकारीले गरे एकिकरण सम्झौता

  • 548.4K
    SHARES

  • ४ सहकारीले गरे एकिकरण सम्झौता

    उपत्यकामा संचालित चार सहकारीहरूले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंमा रहेको अर्थवृद्धि बहुउद्देश्यीय सहकारी, जीवनदृष्टि बहुउद्देश्यीय सहकारी, जीवनदृष्टि बचत तथा ऋण सहकारी र ललितपुरको गोल्डेन रोज बहुउद्देश्यीय सहकारीले एकिकरण सम्बन्धि सम्झौता गरेका हुन् ।

    एकिकरण सम्झौतामा अर्थवृद्धि बहुउद्देश्यीय सहकारी संस्था न्यूरोडका अध्यक्ष सुरेन्द्र घिमिरे, जीवनदृष्टि बहुउद्देश्यीय सहकारी संस्था कालीमाटीका अध्यक्ष मीनबहादुर चन्द, जीवनदृष्टि बचत तथा ऋण सहकारी संस्था असनका अध्यक्ष कमलबहादुर आले र गोल्डेन रोज बहुउद्देश्यीय सहकारी संस्था कुमारीपाटी ललितपुरका अध्यक्ष हरि कुँवरले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    एकीकृतपछि संस्थाको नाम अर्थ जीवन दृष्टी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहने जनाइएको छ । एकीकरणपछि संस्थाको अध्यक्षमा मीनबहादुर चन्द, अपाध्यक्ष सुरेन्द्र घिमिरे, सचिव हरी कुँवर, कोषाध्यक्ष उमेश दाहाल तथा संचालक सदस्यमा लोकबहादुर खड्का, एलिना ढंगोल र विपिन राय रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा उत्तमकुमार थापा तथा सदस्यमा ध्रुवरत्न मानन्धर र राजेश श्रेष्ठ रहेको जनाइएको छ । एकिकृत संस्थाको कार्यकारी प्रमुखमा कमलबहादुर आले रहने जनाइएको छ ।

    एकीकरणपछि संस्थाको शेयर पूँजी १५ करोड ३० लाख, निक्षेप १ अर्ब ७७ करोड, कूल कारोबार २ अर्ब ५ करोड, कर्जा लगानी १ अर्ब ६६ करोड तरलता १३ दशमलव ५ प्रशित रहने जनाइएको छ ।

    img1.jpg

    img3.jpg

    सामाजिकपत्र

    • आइतवार, आश्विन २ २०७९०१:४३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology