• सोमवार, श्रावण ११ गते २०८३

एसिया कप सुरु हुनुअघि नै बंगलादेश टिमलाई झट्का

एसिया कप सुरु हुनुअघि नै बंगलादेश टिमलाई झट्का

एसिया कप सुरु हुनुअघि नै बंगलादेश टिमलाई झट्का

  • 546.8K
    SHARES

  • एसिया कप सुरु हुनुअघि नै बंगलादेश टिमलाई झट्का

    काठमाडौं । क्रिकेट एसिया कप आज (बुधबार) देखि सुरु हुँदैछ । पहिलो खेल नेपाल र पाकिस्तानबीच मुल्तानमा हुनेछ ।

    यसैबीच बुधबार बिहान बंगलादेशका विकेटकिपर ब्याट्सम्यान लिट्टन दास एसिया कप खेल्न नसक्ने खबर आएको छ ।

    लिटनको स्वास्थ्य खराब छ र उनी अझै ज्वरोसँग लडिरहेका छन् । जसका कारण उनी पहिलो खेल खेल्न श्रीलंका जान पनि पाएनन् ।

    लिटनको स्थानमा अब अनामुल हक विजोयलाई टोलीमा समावेश गरिएको छ ।

    विजोयले ४४ एकदिवसीय खेलमा १२५४ रन बनाएका छन् । यसमा तीन शतक पनि पर्छन् ।

    बंगलादेशको एसिया कपको पहिलो खेल श्रीलंकासँग ३१ अगस्टमा हुनेछ ।

    सामाजिकपत्र

    • बुधवार, भाद्र १३ २०८००१:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology