• शनिवार, कार्तिक ८ गते २०७७

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी !

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी !

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी !

  • 2.2K
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी !

     उपेन्द्र कोइराला राष्ट्रिय  वाणिज्य बैकको अध्यक्ष हुने भएका छन् ।  शुक्रबार सदस्यमा नियुक्त कोइरालालाई बैंकले भोलि  (बुधबार) संचालक समितिको बैठक राखी अध्यक्ष चयन गर्न लागेको हो ।

     उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी पटक-पटक  सरकारी नियुक्ति पाउने भाग्यमानी नेपाली हुन् । उनी २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भएका थिए ।

    खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनीलाई  महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइएको थियो । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए । २०५८ मा इश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।

    त्यस्तै  उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भएका थिए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट केही समय राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष भए ।

    पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाउन लागिएको हो ।

    कोइरालाको यसअघिका नियुक्ति र उनका कामहरु  विवादित छन् । ०६२/६२ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा हुदा गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले राजीनामा दिएका थिए ।

    मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको थियो ।

    विश्वविद्यालयमा उनीविरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology