• सोमवार, श्रावण ११ गते २०८३

बिहिबार पनि बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

बिहिबार पनि बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

बिहिबार पनि बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

  • 3.5K
    SHARES

  • बिहिबार पनि बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३२ रुपैयाँ २० पैसा र विक्री मूल्य १३२ रुपैयाँ ८० पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिद मुल्य १३२ रुपैयाँ १२ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ७२ पैसा रहेको थियो।

    यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ ३३ पैसा विक्री दर १४० रुपैयाँ ९७ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

    यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिंगापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ७९ पैसा र विक्री दर ९८ रुपैयाँ २४ पैसा रहेको छ।

    जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०४ पैसा र विक्रीमा १० रुपैयाँ ०९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ।

    यता, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    सामाजिकपत्र

    • बिहिवार, पौष ७ २०७९०२:०१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology