• सोमवार, श्रावण ११ गते २०८३

विनोद चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलर

विनोद चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलर

विनोद चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलर

  • 2.8K
    SHARES

  • विनोद चौधरीको सम्पत्ति  १ अर्ब ८० करोड डलर

     अर्बपति विनोद चौधरीले सम्पत्ति आर्जनमा छलाङ मारेका छन्।

    चर्चित म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको देखिएको हो। उनी फोर्ब्स सूचीका १६४७औँ अर्बपति रहेका छन्।

     फोर्ब्सले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपति वरीयतामा परेयताकै सबैभन्दा धेरै हो। सन् २०१४ मा उनी अर्बपति सूचीमा प्रवेश गरेका थिए। त्यतिबेला उनको सम्पत्ति १.१ अर्ब डलर थियो।

    त्यसपछि २०१५ मा १.३ अर्ब डलर, सन् २०१६ मा १.१ अर्ब डलर, २०१७ मा १.३ अर्ब डलर, २०१८ मा १.५ अर्ब डलर, २०१९ मा १.७ अर्ब डलर, २०२० मा १.४ अर्ब डलर, २०२१ मा १.४ अर्ब डलर, २०२२ मा १.५ अर्ब डलर रहेकोमा सन् २०२३ मा आइपुग्दा १.८ अर्ब डलर पुगेको हो। 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology