• सोमवार, श्रावण ११ गते २०८३

आजबाट घटेकाे मूल्यमा पेट्रोलियम पदार्थ पाइने

आजबाट घटेकाे मूल्यमा पेट्रोलियम पदार्थ पाइने

आजबाट घटेकाे मूल्यमा पेट्रोलियम पदार्थ पाइने

  • 2.8K
    SHARES

  • आजबाट घटेकाे मूल्यमा पेट्रोलियम पदार्थ पाइने

    काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।​

    सोमबार बसेको निगमको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ।

    त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ।

    त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ।

    निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।

    petrol_oDqrdGO0jr.jpg-460x650.jpg

    सामाजिकपत्र

    • मंगलवार, आषाढ १९ २०८००८:२३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology