• सोमवार, श्रावण ११ गते २०८३

आजको विदेशी मुद्राको विनिमय दरः डलरकाे भाउ घट्दा युराेकाे बढ्याे

आजको विदेशी मुद्राको विनिमय दरः डलरकाे भाउ घट्दा युराेकाे बढ्याे

आजको विदेशी मुद्राको विनिमय दरः डलरकाे भाउ घट्दा युराेकाे बढ्याे

  • 2.4K
    SHARES

  • आजको विदेशी मुद्राको विनिमय दरः डलरकाे भाउ घट्दा युराेकाे बढ्याे

    काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा र बिक्री दर १४४ रूपैयाँ ३९ पैसामा काराेबार भइरहेकाे छ।

    हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ७२ पैसा र बिक्री दर १३२ रूपैयाँ ३२ पैसामा तथा युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा र बिक्री दर १४४ रूपैयाँ ०६ पैसामा काराेबार भएकाे थियाे।

    बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६८ रूपैयाँ ३३ पैसा र बिक्री दर १६९ रूपैयाँ ०९ पैसामा काराेबार गर्ने अनुमति दिएकाे राष्ट्र बैकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.११ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसामा खरिद बिक्री गर्न सकिने जनाएकाे छ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ ११ पैसा र बिक्रीदर १० रूपैयाँ १६ पैसा कायम गरिएकाे छ।

    साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५ .२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयाँमा काराेबार हुनेछ।

    सामाजिकपत्र

    • आइतवार, आषाढ २४ २०८००८:३७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology