• आइतवार, आश्विन ४ गते २०८३

बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउँछन् : अर्थमन्त्री डा.महत

बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउँछन् : अर्थमन्त्री डा.महत

बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउँछन् : अर्थमन्त्री डा.महत

  • 2.2K
    SHARES

  • बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउँछन् : अर्थमन्त्री डा.महत

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याँजदर घटाउने बताएका छन्। पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    बैंक तथा वित्तिय संस्थाहरुले चर्को ब्याँजदर असुली गरिरहेको गुनासो आइरहदा अर्थमन्त्री महतले सो आश्वासन दिए। उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गरे।

    अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याँजदर घट्ने कुराले ठूलो राहत हुने बताए।

    उनले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक बस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गर्नुभयो साथै कृषिवस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंशा गरे।

    सामाजिकपत्र

    • आइतवार, आषाढ २४ २०८००८:५१:०५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology