• सोमवार, श्रावण ११ गते २०८३

दिगो विकासका लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौती छ : अर्थमन्त्री

दिगो विकासका लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौती छ : अर्थमन्त्री

दिगो विकासका लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौती छ : अर्थमन्त्री

  • 2.1K
    SHARES

  • दिगो विकासका लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौती छ : अर्थमन्त्री

    काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन्। भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा उनले भने, ‘अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी र बढ्दो ऋणका बीचमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपेको छ।’

    अर्थमन्त्री महतले स्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको बताए। अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन तथा थप श्रोत उपलब्ध आह्वान बैठकमा उनले आह्वान गरे। सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाहरूको सहभागिता रहेको छ।

    बैठकमा मुख्य गरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ। सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरिवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ। सम्मेलन भोलि मंगलबारसम्म चल्ने छ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण १ २०८००७:२८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology