• सोमवार, श्रावण ११ गते २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  • 2.4K
    SHARES

  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६०रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा तथा युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

    हिजो अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२० रुपैयाँमा कारोबार भएको गरिएको थियो ।

    बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५२  रुपैयाँ  तथा  क्यानेडियन डलर एकको  खरिददर ९८ रुपैयाँ  ९७  पैसा र बिक्री दर ९९ रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ ।

    जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसामा खरिदबिक्री हुँदा दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ १९ पैसा र बिक्रीदर  १० रुपैयाँ २४ पैसामा कारोबार हुनेछ ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८९ रुपैयाँमा तथा मलेसियन रिंगिट  एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७९रुपैयाँमा कारोबार गर्न सकिनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२५.५८ पैसा  विक्रीदर ४२७.५३ पैसामा कारोबार हुनेछ ।

    सामाजिकपत्र

    • मंगलवार, श्रावण ९ २०८००७:५७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology