• सोमवार, श्रावण ११ गते २०८३

आजको फलफूल तथा तरकारीको मूल्य, मालदह आँपकाे भाउ घट्यो

आजको फलफूल तथा तरकारीको मूल्य, मालदह आँपकाे भाउ घट्यो

आजको फलफूल तथा तरकारीको मूल्य, मालदह आँपकाे भाउ घट्यो

  • 2.4K
    SHARES

  • आजको फलफूल तथा तरकारीको मूल्य, मालदह आँपकाे भाउ घट्यो

    काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

    जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, टनेल गोलभेडा सानो ५८ रुपैयाँ, घिउ सिमी लोकल ३० रुपैयाँ, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ४० कायम भइ कारोबार भइरहेको छ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,गाजर ११० रुपैयाँ,बन्दा लोकल १२ रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, कागती १३० रुपैयाँ, भिण्डी ३५ रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ।

    समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ, अनार ३५० रुपैयाँ, नासपाती ७० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ५५० रुपैयाँ, किवि ८०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३१० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

    यस्तै, मालदह आँप १२० रुपैयाँ, हरियो धनिया १५० रुपैयाँ, लसुन हरियो ७० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, नेपाली लसुन २१० रुपैयाँ, चाइनिज लसुन २६० रुपैयाँ, रुख कटहर ४० रुपैयाँ, भेडे खु्र्सानी ११० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मालदह आँप १५० रूपैयाँसम्म पुगेकाे थियाे।

    सामाजिकपत्र

    • बुधवार, श्रावण १० २०८००९:३८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology