• बिहिवार, कार्तिक २० गते २०८३

आजको राशिफल : २०८० साउन १० गते (बुधवार)

आजको राशिफल : २०८० साउन १० गते (बुधवार)

आजको राशिफल : २०८० साउन १० गते (बुधवार)

  • 1.9K
    SHARES

  • आजको राशिफल : २०८० साउन १० गते (बुधवार)

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजार या पुँजी बजारमा लगानीको अवसर मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारले साथ दिनेछ । शुभ कार्यको योजना पनि बन्ने योग छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । शृङ्गार तथा सजावटको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति हुनेछ । सफल यात्रा पनि हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । सामाजिक कार्यमा सरिक पनि भइनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । तपाईंको दिन मङ्गलमय रहोस् । 

    सामाजिकपत्र

    • बुधवार, श्रावण १० २०८००९:४२:४४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology