• आइतवार, आश्विन ४ गते २०८३

आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ १३० रूपैयाँ पुग्याे

आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ १३० रूपैयाँ पुग्याे

आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ १३० रूपैयाँ पुग्याे

  • 2.4K
    SHARES

  • आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ १३० रूपैयाँ पुग्याे

    काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा र बिक्री दर १४६ रूपैयाँ ३७ पैसा कायम गरिएकाे छ। हिजो डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैसामा तथा युरो एकको खरिद दर १४५ रूपैयाँ ०६ पैसा र बिक्री दर १४५ रूपैयाँ ७३ पैसामा काराेबार भएकाे थियाे।

    बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा र बिक्री दर १७० रूपैयाँ ३९ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसामा खरिदबिक्री हुनेछ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ २२ पैसा र बिक्रीदर १० रूपैयाँ २७ पैसामा काराेबार हुनेछ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.९३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.६ रुपैयाँमा खरिद बिक्रीकाे अनुमति दिएकाे छ।

    साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६.४२ पैसा विक्रीदर ४२८.३८ पैसा कायम गरिएकाे छ।

     

    सामाजिकपत्र

    • शुक्रवार, श्रावण १२ २०८००८:५४:११
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology