• सोमवार, श्रावण ११ गते २०८३

प्रतिलिटर पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ बढ्यो

प्रतिलिटर पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ बढ्यो

प्रतिलिटर पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ बढ्यो

  • 2.5K
    SHARES

  • प्रतिलिटर पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ बढ्यो

    काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल/डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल/मट्टितेल १५३ रुपैयाँ थियो ।

    36636755813423564066552941314025504120662376n-1582023051649-1000x0.jpg

    सामाजिकपत्र

    • मंगलवार, श्रावण ३० २०८०१०:००:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology