• आइतवार, आश्विन ४ गते २०८३

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • 3.4K
    SHARES

  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर दुई सय ३५ ले बढेको छ।

    निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ।

    निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमश: प्रतिलिटर तीन दशमलव १७ र दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ।

    सामाजिकपत्र

    • शुक्रवार, भाद्र १५ २०८०११:१८:२३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology