सरकारले घरजग्गा कित्ताकाटलाई सहज बनाएपछि गत वर्षको तुलनामा घरजग्गा कारोबार र राजस्व दुवै बढेको छ ।
घरजग्गा कारोबारबाट मंसिर महिनामा २ अर्ब ८६ करोड रुपैयाँ राजस्व उठेको छ। सेवा कर २२ करोड ३१ लाख, रजिष्ट्रेशन शुल्क १ अर्ब ९५ करोड , पूँजीगत लाभकर ९६ करोड ४५ लाख रुपैयाँ उठेको छ।
गत वर्ष मंसिरमा २ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। जसमा सेवाकर १७ करोड, रजिस्ट्रेसन शुल्क १ अर्ब ४४ करोड र पूँजीगत लाभकर ७२ करोड रुपैयाँ उठेको थियो।