• सोमवार, श्रावण ११ गते २०८३

चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने

चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने

चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने

  • 15.3K
    SHARES

  • चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने

    चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन जारी गरेको छ ।

    सो निर्देशनअनुसार बैंकहरुले चैतदेखि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत मात्रै कायम गर्नुपर्नेछ । हाल व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर २ प्रतिशत विन्दु छ ।

    हाल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याज दिएका बैंकले संस्थागत मुद्दतीमा ६ प्रतिशत दिएका छन् ।

    तर चैतदेखि भने व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ८ प्रतिशत दिएका बैंकले संस्थागत मुद्दतीमा ७ प्रतिशतसम्म दिन सक्नेछन् । यहीं व्यवस्थाका कारण चैतदेखि संस्थागत निक्षेपको ब्याजदर बढ्न जानेछ । 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology