• आइतवार, आश्विन ४ गते २०८३

बूढीगण्डकी जलविद्युत् आयोजना नेपालीकै लगानीमा बन्नुपर्छ : शर्मा

बूढीगण्डकी जलविद्युत् आयोजना नेपालीकै लगानीमा बन्नुपर्छ : शर्मा

बूढीगण्डकी जलविद्युत् आयोजना नेपालीकै लगानीमा बन्नुपर्छ : शर्मा

  • 55.8K
    SHARES

  • बूढीगण्डकी जलविद्युत् आयोजना नेपालीकै लगानीमा बन्नुपर्छ : शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुकै लगानीमा बन्नुपर्ने बताएका छन्। 

    महामन्त्री शर्माले मेरो सहभागितामा नेपाल बन्दै छ भन्ने कुराको सन्देश दिन पनि नेपालभित्र र बाहिर रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राखे। 

    उनले नेपाल बन्नसक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाइ गर्न नहुने उल्लेख गरे।

    उनले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरु अघि बढ्न नहुने बताए। महामन्त्री शर्माले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाका ऋण तिर्न नसकिने अवस्था विद्यमान रहेको पनि स्मरण गराए।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology