• आइतवार, आश्विन ४ गते २०८३

डोनाल्ड ट्रम्प राष्ट्रपति विजय भएको भोलिपल्टै अमेरिकी डलर बढ्यो, ह्वात्तै घट्यो सुनको भाउ !

डोनाल्ड ट्रम्प राष्ट्रपति विजय भएको भोलिपल्टै अमेरिकी डलर बढ्यो, ह्वात्तै घट्यो सुनको भाउ !

डोनाल्ड ट्रम्प राष्ट्रपति विजय भएको भोलिपल्टै अमेरिकी डलर बढ्यो, ह्वात्तै घट्यो सुनको भाउ !

  • 46.9K
    SHARES

  • डोनाल्ड ट्रम्प राष्ट्रपति विजय भएको भोलिपल्टै अमेरिकी डलर बढ्यो, ह्वात्तै घट्यो सुनको भाउ !

    अमेरिकी डलरको विनिमय दर अहिलेसम्मकै उच्च भएको छ। 

    नेपाल नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ। यो बिक्री दर अहिलेसम्मकै उच्च हो।

    आजका लागि १ अमेरिकी डलरको खरिद मूल्य भने १३४.५६ रुपैयाँ तोकिएको छ।   

    उता सुनको भाउ भने तोलामा एकैचोटि ४ हजार रुपैयाँ घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बढेर आज १ लाख ६४ हजार ५ सय रुपैयाँमा झरेको हो।

    अमेरिकामा भर्खरै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपति विजय भएको भोलिपल्टै बिहीबार (आज) अमेरिकी डलरको भाउ बढेको हो भने सुनको मूल्यचाहिँ ह्वात्तै घटेको हो। 

    यसअघि सुनचाँदी व्यवसायका जानकारले ट्रम्पले चुनावी घोषणपत्रमा आफू निर्वाचित भए डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेकाले डलरको भाउ बढ्ने र सुनको घट्ने सम्भावना रहेको बताएका थिए। 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology