• सोमवार, श्रावण ११ गते २०८३

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा बढ्यो, कुन बैंकको कति ?

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा बढ्यो, कुन बैंकको कति ?

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा बढ्यो, कुन बैंकको कति ?

  • 61.4K
    SHARES

  • तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा बढ्यो, कुन बैंकको कति ?

    चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब २४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन् । यो गत वर्षको यसैअवधिको तुलनामा १.३९ प्रतिशत धेरै हो ।

    गत वर्षको चैतसम्म बैंकहरुले ४० अर्ब ६७ करोड ९० लाख रुपैयाँ नाफा कमाएका थिए ।

    सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । यस बैंकले ५ अर्ब ५ करोड नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाले ४ अर्ब ५४ करोड, ग्लोबल आइएमईले ४ अर्ब ५३ करोड नाफा कमाउन सफल भएको छ ।

    सबैभन्दा कम नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । यसले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    हेर्नुस कुन बैकको कति ?

    bank.webp

    सामाजिकपत्र

    • बुधवार, बैशाख १० २०८२०२:०३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology