• शनिवार, मंसिर १३ गते २०७७

नेपाल टेलिकमको ३ दिने अफर

नेपाल टेलिकमको ३ दिने अफर

नेपाल टेलिकमको ३ दिने अफर

  • 547
    SHARES

  • नेपाल टेलिकमको ३ दिने अफर

    संविधान दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकउपलब्ध गराउने भएको छ ।

    कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपियाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

    साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपियाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्धहुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

    हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० रुपियाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमायसमा ३४ दशमलव ७ प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ ।

    सो अनुसार यो प्याक असोज २, ३ र ४ गते ५५५ रुपियाँमा उपलब्ध हुनेछ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology