• सोमवार, श्रावण ११ गते २०८३

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्यो

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्यो

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्यो

  • 4.8K
    SHARES

  • मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्यो

    मेगा बैंकको विशेष साधारणसभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ  ।

    गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ । त्यस्तै, निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी हुने भएको छ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २ सय ६ वटा, एक्स्टेन्सन काउन्टर ३० वटा, एटिएम १ सय ४२ वटा हुनेछन् ।

    साधारणसभामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अझै बढ्ने बताइन् ।

    पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकको विशेष साधारणसभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ ।

    दुवै बैंकको विशेष साधारणसभाले स्वीकृति दिएसँगै यसै आर्थिक वर्षभित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारी भइरहेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।

    साधारणसभाले सेयर आदान-प्रदान १ः१ को अनुपातमा गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७०९:५०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology