• आइतवार, आश्विन ४ गते २०८३

पश्चिम सेती आयोजना : ३० वर्षदेखि हल्ला मात्रै!

पश्चिम सेती आयोजना : ३० वर्षदेखि हल्ला मात्रै!

पश्चिम सेती आयोजना : ३० वर्षदेखि हल्ला मात्रै!

  • 4.8K
    SHARES

  • पश्चिम सेती आयोजना : ३० वर्षदेखि हल्ला मात्रै!

    काठमाडौं । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन ।

    हरेक निर्वाचनमा मुख्य रूपमा उठान हुने पश्चिम सेती परियोजना अहिलेसम्म आश्वासनमै सिमित भएको खबर आजको गोरखापत्र दैनिकमा डडेल्धुराबाट हिक्मत सिंहले लेखेका छन्।

    नारामा धेरै बढीको जिब्रोबाट बोलिने पश्चिम सेती कहिले बन्छ कुनै टुङ्गो छैन । परियोजनाको २८ वर्ष बितिसक्दा पनि निर्माणको काम भने अगाडि बढेन।

    यस क्षेत्रका बासिन्दा तीन दशक पहिलादेखि चर्चामा रहेको पश्चिम सेती परियोजनाको आशामा अझै छन् ।

    पश्चिम सेती परियोजनाको निर्माण स्थलका बासिन्दाले दशकौँपहिला परियोजना लागू हुने सुनेका मात्रै थिएनन्, केही कम्पनीले स्थलगत प्रतिवेदनसमेत तयार पारेको उनीहरू सुनाउँछन्।

    पश्चिम सेती परियोजना सुरु हुने हल्लाले अन्य विकासबाट वञ्चित बन्नु परेको स्थानीयवासीको दुःखेसो छ।

    ‘पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुबान हुने भन्दै सरकारको लगानी रोकिएको छ’, स्थानीयवासी डम्बरबहादुर सिंहले भने, ‘न पश्चिम सेती सुरु हुन्छ, न त यस क्षेत्रको अन्य विकास निर्माण कार्य नै ।’

    उनले परियोजनाको हल्लाले बाटो, खानेपानी, सिँचाइ, शिक्षा जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेको बताए।

    डडेल्धुराको बेलापुर र बैतडीको ढुङ्गाडका बस्ती र सेती परियोजना लागू हुने स्थान तथा बाँध बाँधिने ठाउँमा विभिन्न काम भएको छ। तीन दशकदेखि चर्चाको विषय बन्दै गइरहेको पश्चिम सेती आयोजना स्थलको पटक पटक भौगर्भिक अध्ययन भए पनि सार्थक रूपमा काम हुन सकेको छैन।

    कतिपय सरकारमा बस्ने नेतृत्वले यस परियोजनाको नाममा भोटसमेत मागे, पटक पटक आश्वासन दिए तर परियोजना लागू हुने अवस्था भने ३० वर्ष पहिलाको जस्तै छ।

    पश्चिम सेती परियोजनाको पलाएको आशा मरिसकेको प्रभावित क्षेत्रका सर्वसाधारणको बुझाइ छ । न परियोजना लागू भयो न त पश्चिम सेती किनार छेउमा ग्रामीण बस्तीमा विकास नै हुन सक्यो।

    डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ र ५, बैतडीको सिगास गाउँपालिका, डोटीका आदर्श गाउँपालिका र बझाङका केही गाउँमा विकास हुन नसकेको शारदा माध्यमिक विद्यालय ढुङ्गाडका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए।

     

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७०९:५४:१५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology