• आइतवार, आश्विन ४ गते २०८३

बढ्न थाले जलविद्युत् कम्पनीका सेयर मूल्य

बढ्न थाले जलविद्युत् कम्पनीका सेयर मूल्य

बढ्न थाले जलविद्युत् कम्पनीका सेयर मूल्य

  • 8.0K
    SHARES

  • बढ्न थाले जलविद्युत् कम्पनीका सेयर मूल्य

    लामो समयदेखि निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य बल्ल बढ्न थालेको छ।

    दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेको जलविद्युत् कम्पनीका सेयरमा अहिले लगानीकर्ताको आकर्षण बढ्न थालेको खबर आजको राजधानी दैनिकमा पुजा चँदाराले लेखेकी छन्।

    बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन्। एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो।

    गत ६ सेप्टेम्बरमा १ हजार ७६ दशमलव ४८ अंकमा रहेको उपसूचक २९५ अंकले बढेर ६ अक्टुबरमा १ हजार ३७१ दशमलव ३० मा पुगेको छ ।

    बढी मूल्य भएकाहरूको पनि अन्य समूहका कम्पनीको भन्दा तुलनात्मक रूपमा कम छ । यही कारण लगानीकर्ताको आकर्षण जलविद्युत् क्षेत्रमा बढेको हो।

    दुई महिनाअघिसम्म दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १८ वटा जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर सय रुपैयाँमाथि नै कारोबार भइरहेका छन्।

    सामाजिकपत्र

    • बुधवार, आश्विन २१ २०७७०२:५३:५५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology