मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन प्रतितोला १ हजार ५०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९४ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज तोलामा १ हजार ५०० सय रुपैयाले बढेर प्रतितोला ९३ हजार ६०० सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।