• सोमवार, श्रावण ११ गते २०८३

ओली सरकारमा देखिएन फिटिक्कै जिम्मेवारी, देशलाई चुर्लुम्म डुबाउँदै, हुनसक्छ भयानक

ओली सरकारमा देखिएन फिटिक्कै जिम्मेवारी, देशलाई चुर्लुम्म डुबाउँदै, हुनसक्छ भयानक

ओली सरकारमा देखिएन फिटिक्कै जिम्मेवारी, देशलाई चुर्लुम्म डुबाउँदै, हुनसक्छ भयानक

  • 6.4K
    SHARES

  • ओली सरकारमा देखिएन फिटिक्कै जिम्मेवारी, देशलाई चुर्लुम्म डुबाउँदै, हुनसक्छ भयानक

    काठमाडौँ - संसद नै नरहेपछि बाध्यात्मक अवस्थामा  ५ खर्ब रुपैयाँभन्दा बढी ऋण लिने गरी सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारि गरिरहेको छ  ।

    यो ऋण दूरगामी तथा रणनीतिक महत्वका विकास आयोजनाका लागि होइन । विगतका वर्षमा जस्तै स–साना कार्यक्रम, खोप खरिद र राजस्वले अपुग सार्वजनिक क्षेत्रमा ऋण परिचालन गर्ने सरकारको तयारी रहेको छ ।

    ‘जिम्मेवार र उत्तरदायी सरकारले यस्तो काम गर्न सक्दैन । भोलि पनि सत्तामा आउनु छ भने मनपरी काका लागि ऋण लिने गर्नुहुन्न,’ पूर्व मुख्यसचिव लीलामणि पौड्यालले भने । 

    ‘ऋण लिएर घ्यू खाने बेला होइन यो । ऋण लिएर पैसा बाँड्ने काम संसारमा कसैले गर्दैन,’ पौड्यालले भने, ‘पूँजी निर्माण र उत्पादन बढाउने कार्यमा ऋण लिने हो तर सरकारले गलत ठाउँमा ऋण प्रयोग गरिरहेको छ । अनुत्पादक क्षेत्रमा प्रयोग गरेकै कारण यो सरकारको पालामा ऋण २ गुणा भएको छ ।’

    राजनीतिक नेतृत्व अनुत्तरदायी हुँदा सरकारका स्थायी कर्मचारीहरुले सच्याउन पहल गर्नुपर्ने पौड्यालको धारणा रहेको छ । ‘दीर्घकालीन हिसाबले मुलुकलाई घात गर्ने गरी राजनीतिक नेतृत्वले काम गर्छ भने कर्मचारीले त्यसलार्ई रोक्नुपर्छ,’ पौड्यालले भने, ‘राष्ट्रको दीर्घकालीन हित हेरेर त्यस्तो गर्ने राजनीतिक नेतृत्वलाई सच्याउनुपर्छ । यो काम गर्नैपर्ने कर्मचारीको अनिवार्य दायित्व हो । त्यसैका लागि उनीहरुलाई तलब दिएर, विज्ञ बनाएर स्थायी संयन्त्रका रुपमा राखिएको हो । जे–जे आउँछ, त्यही–त्यही काम गर्न राखिएको होइन ।’

    नेपालजस्ता मुलुकका लागि जीडीपीको ५० देखि ६० प्रतिशतसम्म ऋण लिन सकिने सुविधा रहेको अर्थविद्को धारणा छ तर त्यसको उपयोगितामाथि प्रश्न र समीक्षा गर्नुपर्छ । ‘ऋण लिएर सानो कुलो बनाउनु भएन । ठूला सडक, सुरुङ, रणनीतिक पूर्वाधारका क्षेत्रमा खर्च गर्नका लागि ऋण लिने हो । यस्तो गर्दा कसैले विरोध गर्दैनन्, गर्नु पनि हुँदैन,’ अर्थविद् पौडेलले भने, ‘काम गर्ने क्षमता सुधार गरेको छैन, यो गर्छौं, त्यो गर्छौं भनेर जनतालाई भ्रम छर्ने काम मात्रै बजेटबाट भइरहेको छ । यो चरम अनुशासनहीनता हो ।’

    उनका अनुसार यस्तो प्रवृत्ति राणा शासनमा मात्रै थियो । ‘बजेट ल्याउँथे । आफूलाई मन लागेको क्षेत्रमा मात्रै खर्च गर्थे । अहिले पनि त्यस्तै अवस्था छ,’ पौडेलले भने, ‘ऋण लिने भनेर बजेटमा राखिएको अंक बराबर खर्च हुन सकेको छैन । खर्च समेत नचाहिने क्षेत्रमा मात्रै भइरहेको छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    सामाजिकपत्र

    • बिहिवार, जेठ १३ २०७८०९:२३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology