• सोमवार, श्रावण ११ गते २०८३

यति सजिलै पाउन सकिन्छ ५ प्रतिशत ब्याजदरको २५ लाख ऋण ( राष्ट्र बैंकको कार्यविधि सहित )

यति सजिलै पाउन सकिन्छ ५ प्रतिशत ब्याजदरको २५ लाख ऋण ( राष्ट्र बैंकको कार्यविधि सहित )

यति सजिलै पाउन सकिन्छ ५ प्रतिशत ब्याजदरको २५ लाख ऋण ( राष्ट्र बैंकको कार्यविधि सहित )

  • 7.4K
    SHARES

  • यति सजिलै पाउन सकिन्छ ५ प्रतिशत ब्याजदरको २५ लाख ऋण ( राष्ट्र बैंकको कार्यविधि सहित  )

    काठमाण्डौ - नेपाल सरकारले  बजेटमा स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पांच प्रतिशत व्याज दरमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कुरा समाबेस गरेको छ। 

    कर्जा पाउन पहिलो शर्त व्यक्ति बेरोजगार हुनपर्छ । नयाँ सोच र सहुलियतपूर्ण कर्जा कार्यविधिले तोकेको परियोजना हुनपर्दछ ।

    उक्त परियोजना पूरा गर्ने, त्यसले कमाइ गर्ने आधार र ब्यांकको किस्ता तिर्न सक्ने कार्ययोजना स्पष्ट हुनुप-याे । ब्यांकले उक्त परियोजना र सक्कली प्रमाणपत्र धितोको रूपमा राख्छ। सबै प्रक्रिया पूरा भएपछि परियोजनाअनुसार बढीमा २५ लाख कर्जा पाउन सकिन्छ।

    जस्तै, कुनै व्यक्तिले कुखुरा पालनका लागि कर्जा लिन चायाे भने उसले नजिकको ब्यांकमा प्रस्ताव पेश गर्नुप-याे । त्यसमा लाग्ने लगानी, ब्यांकबाट चाहिने कर्जाको रकम, आफूले लगानी गर्ने रकम, चल्लाको संख्या, उत्पादन हुने अण्डा, बेच्‍ने ठाउँ, मासिक आम्दानी हुने अनुमानित रकम समेत प्रस्तावनामा उल्लेख गर्नुपर्छ ।

    त्यसका साथै कर्जा लिन चाहनेको जमानी बस्नेको आर्थिक पृष्ठभूमि बलियो भए कर्जा पाउन थप सहज हुन्छ। सबै प्रक्रिया पूरा भए पनि रकम एकैपटक पाइँदैन। परियोजना अगाडि बढाउँदै गर्दा ब्यांकले अनुगमन गर्दै किस्ता किस्तामा दिन्छ । सहुलियतपूर्ण कर्जा कार्यविधि, २०७५ अनुसार शिक्षित युवा स्वरोजगार कर्जा पाउन स्नातक उत्तीर्ण गरेको र ४० वर्ष नकटेको हुनुपर्छ । त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालीम केन्द्र लगायत सरकारी निकायबाट सात दिनको उद्यम सीप विकास तालिम लिएको हुनुपर्छ ।

    व्यवसाय गर्ने विषयमै स्नातक गरेकोलाई चाहिँ तालिम अनिवार्य छैन । त्यस्तै उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी प्रस्ताव चाहिन्छ। त्यसका साथै अरु कर्जाको जस्तो स्थायी लेखा नम्बर लिएको, कर्जा सूचना केन्द्रको का-लोसूची वा कारबाहीमा नपरेको हुनुपर्छ।

    प्रमाणपत्र धितो राखेर लिइने कर्जा उपयोग गर्न कार्यविधिले निश्चित क्षेत्र छुट्याएको छ। आफूलाई मनलागी योजना बनाए कर्जा पाइँदैन। ब्यांक तथा वित्तीय संस्थाले पनि कार्यविधिले तोकेका व्यवसायको लागि मात्रै कर्जा प्रवाह गर्छन् । यसमा सरकारले कृषि र उत्पानशील क्षेत्रलाई बढी जोड दिएको छ ।

    कृषि व्यवसायअन्तर्गत उत्पादन, प्रशोधन तथा भण्डारणका व्यवसायको लागि कर्जा पाउन सकिन्छ । खाधा-न नगदे बाली, तरकारी तथा जडिबुटी खेती वा व्यवसाय, पशुपन्छी व्यवसाय, सिँचाइ उपकरण, कृषि औजार, वन तथा चरण विकासको लागि पनि कर्जा लिन सक्ने कार्यविधिमा उल्लेख छ । त्यस्तै, जग्गा विकास तथा भू–संरक्षणका लागि कर्जा पाउन प्रस्ताव दिन सकिन्छ।

    पर्यटन, सञ्चार, यातायात सम्बन्धी सम्पूर्ण व्यवसायका लागि पनि प्रमाणपत्र धितो राखेर कर्जा लिन सकिन्छ । स्वास्थ्य, औषधि पसल, पशुपन्छी व्यवसाय, सीपमूलक व्यवसाय पनि गर्न सकिन्छ। त्यस्तै, गाडी मर्मत, फोटोकपी, स्टेशनरी, सिलाइबुनाइ आदिको लागि पनि प्रस्ताव चित्त बुझे ब्यांकले कर्जा दिन्छन् ।

    राष्ट्र बैंकको कार्यविधि 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology