• सोमवार, श्रावण ११ गते २०८३

अब पेट्रोलको मूल्य १८३ र ग्यास साढे २२ सय ?

अब पेट्रोलको मूल्य १८३ र ग्यास साढे २२ सय ?

अब पेट्रोलको मूल्य १८३ र ग्यास साढे २२ सय ?

  • 6.0K
    SHARES

  • अब पेट्रोलको मूल्य १८३ र ग्यास साढे २२ सय ?

    काठमाडौ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुादे प्रस्ताव पठाउादै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका दिन सवारीसाधनको प्रयोग कम हुने भएकाले तेलको खपत पनि कम हुने निगमको भनाई छ ।

    अन्तराष्ट्रिय वजारमा बढ्दै गएको इन्धनको मुल्यले नेपालमा पनि असर गरेको छ । नेपाल आयल निगमलाई माग धान्न समस्या भएको छ । जसका कारण निगमले इन्धनको खपत घटाउने वारे सरकारलाई सुझाव दिएको छ । निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ ।

    निगमले नीजि सवारी साधन पनि कम चलाउनका लागि जोर बिजोर प्रणाली लागू गराउन भनेको छ । जोर बिजोर प्रणाली हुादा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ ।

    निगमको प्रस्तावअनुसार अहिले १५५ रूपैयाँमा बिक्री भइरहेको पेट्रोलको लागत मूल्यअनुसार १८३ रूपैयाँ प्रतिलिटर पुगेको छ । निगमको घाटा कम गर्न उक्त लागत मूल्य लिन पाउनुपर्ने निगमको भनाइ छ । हाल प्रतिसिलिण्डर १५७५ मा बिक्री भइरहेको ग्यासको लागत मूल्य पनि २२४० पुगेकोले सोही मूल्यमा बिक्री गर्न पाउनुपर्ने माग निगमले गरेको छ ।

    इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्बाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउन निगमले माग गरेको छ । इन्धनको मूल्य वृद्धिमा उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन निगमले १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाएको हो ।

    पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव निगमले गरेको छ ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०४:४२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology