• सोमवार, श्रावण ११ गते २०८३

अन्तरङ्गभित्रको अडियो सार्वजनिक

अन्तरङ्गभित्रको अडियो सार्वजनिक

अन्तरङ्गभित्रको अडियो सार्वजनिक

  • 5.0K
    SHARES

  • अन्तरङ्गभित्रको अडियो सार्वजनिक

    साहित्यकार एवम् पत्रकार विनोद दाहाल वत्सद्वारा विभिन्न व्यक्तित्वहरू माथि लेखिएको एक स्तरीय विश्लेषणयुक्त पुस्तक “अन्तरङ्ग” (केही अग्रणी व्यक्तित्वहरूसँगको विमर्श) एक समारोहबीच सार्वजनिक भएपछि उक्त पुस्तकमा विभिन्न व्यक्तिहरूको विषयमा लिखित उहाँहरूका सम्पूर्ण विवरण उहाँहरूले आ-आफ्ना क्षेत्रमा देशको निमित्त के के योगदान दिनुभयो । उहाँहरूको विषयमा एक एक गर्दै आफ्नो अमूल्य समय लगाएर साहित्यकार एवं पत्रकार विनोद दाहालले लेख्नु भएको कृति ‘अन्तरङ्ग’ पुस्तकभित्र साहित्यकार, गीतकार, कवि, गायक, चित्रकार, कलाकार, चित्रकार, हाइकुकार, उपन्यासकार बहुआयामिक व्यक्तित्व सुरेन्द्र महर्जन ‘अमर’ को विषयमा लिखित अन्तरङ्गभित्रका एक व्यक्तित्व उहाँको विषयमा लिखित अन्तरङ्गको अडियो सार्वजनिक भएको छ ।

    पुस्तक अन्तरङ्गभित्र ‘अमरताको चाहना राख्ने स्रस्टा सुरेन्द्र महर्जन अमर विषयमा लिखित लेखको सुमधुर उद्घोषण रुपा अकौलियाले गरेकी छिन । ओएसनेपालको तर्फबाट अडियो बनाएर वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को सम्मान स्वरुप सहयोग गरेको ओएसनेपालको तर्फबाट विवेक कार्कीले बताउनु भयो । अडियो अमर म्युजिकको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

    अन्तरङ्ग पुस्तकभित्र सुरेन्द्र महर्जन ‘अमर’ , डा. अर्जुनदेव भट्ट, ओमप्रसार कोइराला, कलानिधी, खडनन्द, खेम दाहाल, डा. डिआर उपाध्याय, तारा बहादुर कुँवर, तेजप्रकाश बानीयाँ, दुर्गा भमरकोटे, धनविक्रम सिंह, पुरुषोत्तम दाहाल, पुष्पमान अमात्य, प्रतापराज वन्त, माधव रेग्मी, रञ्जुश्री पराजुली, लेखनाथ पोखरेल, वियोगी बुढाथोकी, डा. विष्णु के. सी, शम्भू कोइराला, हरिभक्त सिग्देल ‘महेश’ आदि एकाइस जना विशिष्ट व्यक्ति रहनु भएको छ । पुस्तक मुक्तिनाथ दर्शन साहित्य समाज नेपालबाट प्रकाशित भएको हो । https://youtu.be/rHPMZZCgsos

    सामाजिकपत्र

    • सोमवार, आषाढ २७ २०७९०२:५६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology