• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौँ ५ लाई सम्बृद्ध बनाउने यस्तो छ मधुसुधन पाठक (सिते बा)का योजनाहरु

काठमाडौँ ५ लाई सम्बृद्ध बनाउने यस्तो छ मधुसुधन पाठक (सिते बा)का योजनाहरु

काठमाडौँ ५ लाई सम्बृद्ध बनाउने यस्तो छ मधुसुधन पाठक (सिते बा)का योजनाहरु

  • 4.5K
    SHARES

  • काठमाडौँ ५ लाई सम्बृद्ध बनाउने यस्तो छ मधुसुधन पाठक (सिते बा)का  योजनाहरु

    मधुसुधन पाठक, उम्मेदवार काठमाडौं–५ लौरो

    संघ तथा प्रदेश सभाको निर्वाचन २०७९ को मतदान गर्ने समय नजिकिँदै गएको छ । यस पटकको निर्वाचन विभिन्न कोणबाट रोचनक हुने आँकलन गरिएको छ । खासगरि नयाँ राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुको चर्चाले यसको रोचकता बढेको हो । नयाँ दल तथा विभिन्न क्षेत्रमा उम्मदेवारी दिएका स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारीले कतिपय ठाउँमा माहौल पनि बन्दै गईरहेको छ । विभिन्न पेशा, क्षेत्रबाट युवाहरुको पनि यो पटकको उम्मेदवारीले राजनीतिप्रतिको आकर्षणभन्दा पनि पुराना राजनैतिक दलहरुप्रतिको विकर्षणको रुपमा लिईएको छ । यसबीचमा हामीले काठमाडौं क्षेत्र नं. ५ का हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्हका उम्मेदवार कलाकार एवं उद्यमी मधुसुधन पाठक ‘सीतेबा’ सँग निर्वाचनका विषयमा कुराकानी गरेका छौं ।

    यसपटक धेरै स्ततन्त्र उम्मेदवारहरु चुनावी मैदानमा होमिनु भएको छ, मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

    आम मतदातामा पुराना राजनैतिक दलहरुको कायैशैली र परम्परागत ढाँचाले दिक्क भएर नयाँ केहि खोजिरहनु भएको तथा योग्य, सक्षम र आफ्नो एजेण्डालाई कार्यान्वयन गर्न सक्ने उम्मेदवारहरुलाई मतदान गर्न चाहनुभएको मैले पाएको छु । यो निर्वाचनमा मतदाताले आफ्नो नेता गर्व गर्न लायकको खोजिरहनु भएको मैले घरदैलो अभियानका क्रममा पाएको छु ।

    तपाईंले आफुलाई ती मतदाताको विकल्पको शक्तिका रुपमा कस्तो प्रतिक्रिया पाउनुभयो ?

    एकदमै सकरात्मक प्रतिक्रिया पाएको छु । कैयौंपटक चुनाव जितेर पनि विकास र सम्वृद्धीको काम गर्न नसकेकोमा मतदाताहरुमा एक किसिमको विचलन छ । हामी युवाहरु जो एउटा माहौल बनाएर चुनावी मैदानमा खडा भएका छौं, यसले पनि आम मतदातामा उत्साह देखिएको छ । मैले विशेष गरि उठान गरेको एकिकृत विकासको मोडललाई धेरै नै मन पराउनुभएको छ । मैले सार्वजनिक गरेको एजेण्डाको विषयमा पनि काठमाडौं ५ का जनता र आम मानिसले मन पराएको पाएँ ।

    तपाईंले भन्नुभएको एकिकृत विकासको मोडल चैं के हो ?

    हामी कहाँ विकासका लागि सबैभन्दा पहिले पूँजी, श्रम, सीप, प्रविधि र जनशक्ति आवश्यक पर्छ । दीगो र समुन्नत विकासको लागि पनि लगानी पहिलो आवश्यकता हो । यसका लागि धेरै जनशक्तिबाटमात्रै सबै पूर्वाधार जुटाउन सकिन्छ । मानौं कुनै उद्योग, कलकारखाना वा ठूलो कम्पनीको स्थापना गर्दा पूँजी, श्रम, सीप, प्रविधि र जनशक्तिको ठूलो हिस्सा आवश्यक छ । यसका लागि हामीले धेरैजनाबाट पुँजीको संकलन गरि त्यसबाटै श्रम गर्न चाहनेहरु, आफ्नो सीपको उपयोग गर्नेहरु र प्रविधीलाई प्रयोग गर्न सक्ने जनशक्तिलाई परिचालन गर्ने हो भने सबै कुराहरु एकैपटक जुटाउन सकिन्छ । यसले सबैको स्वामित्व स्थापित गर्दा अपनत्व पनि महसुस हुन्छ । यसलाई राजनीतिक रुपमा लैजादा सरकार र जनताबीचको सिधा सम्बन्ध समेत विकास हुन्छ ।

    तपाईंका चुनावी एजेण्डा र प्राथमिकताहरु के–के हुन् ?

    म लड्न लागेको चुनाव नीति निर्माण गर्ने व्यवस्थापिकाको लागि हो । मैले सँसदमा आफ्नोतर्फबाट स्पष्ट एजेण्डा र आफ्नो अध्ययन र अनुभवहरुबाट स्पष्ट भिजन दिने हो । मेरा योजनाहरुमा विभिन्न क्षेत्रका बौद्धिक तथा विज्ञ व्यक्तिहरुमार्फत योजनाहरु एकत्रित गर्दै योजना बैंकको कार्यान्वयन गर्ने तथा छरिएर रहेको पूँजीहरुलाई विभिन्न योजनाहरुमार्फत एकिकृत गरि उत्पादनमूलक कार्यहरुमा लगाउने हो । औद्योगिकरणमार्फत कृषि तथा उद्योग कलकारखाना संचालन गर्ने, निश्क्रिय उद्योगहरुलाई सुचारु गर्ने, सीप भएर पनि पूँजीको अभाव रहेको जनशक्तिहरु परिचालन गरि ठूला उद्योग र परियोजनाहरु चलाउने र कृषियोग्य भुमीलाई उर्वर बनाई उत्पादन बृद्धि गर्ने पहिलो आवश्यता हो ।
    संघ, प्रदेश तथा स्थानीय निकायहरुसँग प्रत्यक्ष समन्वय गरि दीगो पूर्वाधार विकास, सामाजिक, साँस्कृतिक तथा पर्यावरणीय विकासका लागि बजेट निर्माण तथा वितरणमा उल्लेखनीय भूमिका सहित समन्वय गर्ने तथा नागरिक सेवाका लागि प्रदुषण नियन्त्रण गरि प्रकृतिको संरक्षण, अनिवार्य रुपमा पिउन तथा सिंचाईका लागि सबैको पहुँच, अनिवार्य निःशुल्क शिक्षाको व्यवस्था तथा नागरिकको समग्र स्वास्थ्यको वीमा तथा निःशुल्क उपचारको व्यवस्था गर्ने योजनाहरु रहेका छन् ।
    यसका साथै आधारभूत शिक्षासँगै व्यक्तिको चाहना अनुरुपको अनिवार्य खेलकूद तथा योग, ध्यान तथा आध्यात्मिक शान्तिका लागि योग केन्द्रहरुको स्थापना, सार्वजनिक क्षेत्रमा व्यायामशाला, सबै जनताको पहुँच पुग्ने गरि विद्युतीय सार्वजनिक यातायात र मालपोत, अदालत, यातायात कार्यालय, प्रहरी, प्रशासन तथा अन्य सरकारी सेवाहरुलाई पूर्ण डिजिटलाईज गरि सर्वसाधारणलाई विना झन्झट छरितो सेवा संचालन गर्नेजस्ता एजेण्डहरु अगाडि सारेका छौं ।

    राजनैतिक रुपमा दलहरुका प्रतिनिधी बलियो मानिएको काठमाडौं ५ नै चाहिँ किन रोज्नु भयो ?

    म काभ्रेमा जन्मिए पनि काठमाडौं ५ मा सहकारीमार्फत धेरै मानिसहरुसँग सहकार्य र समन्वय गरेको करिब १५ वर्ष भयो । मेरो कृषि लगायतका अन्य व्यवसाय पनि यहि क्षेत्र नं. ५ मा छ । व्यावसायीक रुपमा र भौतिक रुपमा पनि मेरो उपस्थिती यही क्षेत्रमा भएका कारण यहाँका समस्या र आवश्यकतासँग म पूर्ण रुपमा जानकार छु र म यस क्षेत्र र भूगोलसँग राम्ररी परिचित छु । यसकारणले पनि मैले यो क्षेत्रमा काम गरेको हुँ । मेरो चाहनाभन्दा पनि यस क्षेत्रका बासिन्दाहरुले नै मेरो काम, समन्वयकारी भुमिका र क्षमता देखेर उम्मेदवारीका लागि घच्घच्याउनु भएको हो ।

    आफ्नो उम्मेदवारीलाई कसरी मतदाताका बीच लैजानुभएको छ ?

    पहिलो त मेरो उम्मेदवारी लोकतान्त्रिक बहुदलीय प्रतिस्पर्धाको एउटा पाटो हो । तर, यो व्यवस्थामा हालसम्म दलहरूको दलीयकरणका विरुद्धको आम नागरिकहरुको तर्फबाट विद्रोह पनि हो । मैले गरेका कामहरुको आधार र अनुभवलाई नीतिगत रुपमैं ससद्मा पु¥याई कार्यान्वयनको चरणमा लैजाने र शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारहरुको विकासलाई गतिशील रुपमा अघि बढाउनका लागि मैले आम मतदातका बीच आफ्ना एजेण्डामा छलफल चलाईरहको छु ।

    तपाईंको क्षेत्रमा स्वतन्त्रहरु पनि धेरै हुनुहुन्छ । एमाले र कांग्रेसका नेताहरु पनि हुनुहुन्छ, खास रुपमा आफ्नो प्रतिस्पर्धी चाहीँ कसलाई देख्नुभएको छ ?

    यो प्रतिपस्र्धा भनेको दलसँग भन्दा पनि एजेण्डा र यसलाई कार्यान्वयन गर्न सक्नेहरुका बीचको हो । पुराना दल र दलका उम्मेदवारहरुलाई जनताले चिनिसक्नुभएको छ । वहाँहरुको कामलाई मूल्याँकन गरिसक्नु भएको छ । बहुदलिय प्रणालीमा प्रतिस्पर्धा हुनु आफैंमा सुन्दर पक्ष हो । प्रतिस्पर्धामा उत्रिएपछि सबैजना प्रतिस्पर्धी नै हो । तर, खास प्रतिस्पर्धाभन्दा पनि मेरो ऐजेन्डाहरूलाई मेरो अध्ययन, कार्य अनुभवका कारणले कार्यान्वयन गर्न सक्ने सक्षमता मसँग देखिएको हुँदा यो क्षेत्रका मतदाताले प्रतिस्पर्धीभन्दा पनि योग्य र सक्षम उम्मेदवारका रुपमा हेर्नुभएका कारण आ मतदाताको विश्लेषणलाई नै मैले हेर्ने हो । मैले यहिँ नै मेरो खास प्रतिस्पर्धी भनेर भन्ने विषय रहेन ।
    पार्टी संगठन बलियो भएका र स्थापित भइसकेका दल र तीनिहरुका उम्मेदवारहरुको अगाडि तपाईंलाई मतदाताले भोट दिने कारण के छन् ?

    तपाईंले खास प्रश्न गर्नु भयो । यहीँ नै हो मेरो मत आउने आधार । अहिलेका दल र तीनका प्रतिनिधीहरुले बारम्बार चुनाब जितेर पनि जनताका अवस्था उस्तै भएका कारण पार्टीभित्र पनि एउटा विचलन छ, खासगरि कार्यकर्ताहरुको तहमा । यो दलहरुले नै सिर्जना गरेको अवस्था हो । दल र तीनीहरुका निर्वाचितहरुले राम्रो काम नगरेका कारण नै हामीहरुले उम्मेदवारी दिएका हौं । अहिले मतदातामा नयाँ तथा सक्षम उम्मेदवारप्रतिको आकर्षण नै हेर्नुस् न ! त्यसकारणले पनि मतदाताहरु यो पटक सक्षमलाई रोज्न आतुर हुनुहुन्छ, यसको ज्वलन्त उदाहरण त हामीले नो नट अगेन बाटै स्पष्ट हुन सक्छौं नि !

    sd.jpg

    सामाजिकपत्र

    • शुक्रवार, मंसिर २ २०७९०२:२९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology