• सोमवार, श्रावण ११ गते २०८३

संस्थागत नियुक्तिमा मेरो कुनै हस्तक्षेप छैन : ईश्वर पोखरेल

संस्थागत नियुक्तिमा मेरो कुनै हस्तक्षेप छैन : ईश्वर पोखरेल

संस्थागत नियुक्तिमा मेरो कुनै हस्तक्षेप छैन : ईश्वर पोखरेल

  • 7.9K
    SHARES

  • संस्थागत नियुक्तिमा मेरो कुनै हस्तक्षेप छैन :  ईश्वर पोखरेल

    काठमाडौँ, १० भदौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले संस्थागत नियुक्तिमा आफूले कुनै हस्तक्षेप नगरेको प्रष्ट पारेका छन् ।

    उनले बुधवार एक विज्ञप्ति जारी गर्दै आफूसँगको सम्बन्धका अधारमा कुनैपनि नियुक्ति नगरिएको स्पष्ट पारेका हुन् ।

    पोखरेलले विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै नियुक्तिहरु भएका भन्दै अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    उनले आफ्नो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गरेका छन् ।

    उनले शाहीकालमा आफूमाथि गरिएको प्रोपोगाण्डालाई अहिले पनि उचालिरहेको भन्दै प्रमाणित गर्नका लागि चुनौती पनि दिएका छन् ।

    उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरुद्ध सङ्घर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसाबले ‘घरको पानी ट्याङ्कीमा पैसा राखेको’ कुप्रचार गरिएको स्मरण गर्दै अहिले नयाँ ढङ्गले आफ्नो विरूद्धमा स्वर उरालिरहेको उल्लेख गरेका छन् । 

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology