• आइतवार, आश्विन ४ गते २०८३

सम्धी !

सम्धी !

सम्धी !

  • 12.9K
    SHARES

  • सम्धी !

     सम्धी
    मेरा क्याम्पस प्रमुख
    उमाबी शिक्षा परिषदको उपाध्यक्ष
    खाद्य संस्थानको महप्रबन्धक
    आयल निगमको अध्यक्ष तथा
    बिश्वबिद्यालयको उपकुलपति
    विलक्षण प्रतिभा को धनी
    कम्युनिस्ट आन्दोलन का धरोहर
    आँखामा नबिझाउने
    संघ सँस्था का कुसल ब्यबस्थापक
    मुख मा गुनगुनाइ रहने
    राजनितीक आन्दोलन का अगुवाइ
    सम्धी ज्यु लाई एउटा बोझ थोपरेको छु ।

    हुट्टिट्याउहरु कराइ रहेका छन !
    स्यालहरु रोइ रहेकाछन ।
    सायद लकढाउन मा खान नपाएका होलान !
    संगठित ब्वासाहरु चिथोरी रहेका छन !
    सायद पदका भोका होलान !
    रैतीहरु उफ्रीरहेका छन !
    सायद समाजवाद नबुझेका होलान !
    सायद भिड मा अग्लो मान्छे संग ठोक्किएका होलान।
    अदुरदृष्ठी, असक्षम भिडहरु डाहा गरेका छ !
    सामजिक संजालका भित्ता रङ्गिएका छन !
    ए सम्धी
    रुख को टुप्पो बाट हामी हेरिरहेका छौ !
    हरेस नखानु !
    बिरोधी पोस्टरहरु च्यातेर मिल्काउनु!

    गरेर काम सारा
    सस्तो लोकप्रिय कहिले देखाएनौ!
    मिडिया मा तिम्रो चर्चा कहिले गरेनौ!
    तिम्रो भुमिका समाजमा बिरलै चिन्दछन !
    मेरो सम्धी
    छत को ट्यांकी टालिदिने
    मेरा अति आदर्श
    गोकर्णका मृग सरि
    जिब्रो मा स्वादिलो
    परिवार मा मुर्धन्य ब्याक्तित्व
    फेरि नयाँ जिम्मा सुम्पेको छु !
    मेरो आदरणीय सम्धी !
    राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष तोक लगाएको छु।
    कमरेड उपेन्द्र कोइराला
    तपाइको मुल्यांकन गरेको छु !
    तपाइँले छोरी दिएको गुन तिरेको छु ।
    मेरो बंसज फैलाएको रिन तिरेको छु ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology