• बिहिवार, कार्तिक २० गते २०८३

राहुल गान्धीको पुनरवेदनमा सुनुवाइ शुक्रबार

राहुल गान्धीको पुनरवेदनमा सुनुवाइ शुक्रबार

राहुल गान्धीको पुनरवेदनमा सुनुवाइ शुक्रबार

  • 1.7K
    SHARES

  • राहुल गान्धीको पुनरवेदनमा सुनुवाइ शुक्रबार

    एजेन्सी। गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

    मोदी थरलाई लिएर कंग्रेस नेता गान्धीले गरेकोा टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर्‍याएका थिए।

    सुरत अदालतको निर्णयसँगै नेता गान्धीको लोकसभा सांसद पद खारेज भएको थियो। आफूले चुनावी सभामा मोदी थरलाई लिएर गरेको टिप्पणीको अपख्याख्या भएको उल्लेख गर्दै तल्ला अदालतले गरेका निर्णइलाई चुनौती दिँदै उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

    उनका वकिलहरूका अनुसार उक्त अदालतले आगामी शुक्रबार सुनुवाइ गर्ने जानकारी दिएको छ।

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३ २०८००८:३२:२४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology