• सोमवार, श्रावण ११ गते २०८३

स्वदेश फर्किनुअघि किम जोङ उनले ‘युद्धमा पुटिन र रुसले जित्ने’ विश्वास व्यक्त गरे

स्वदेश फर्किनुअघि किम जोङ उनले ‘युद्धमा पुटिन र रुसले जित्ने’ विश्वास व्यक्त गरे

स्वदेश फर्किनुअघि किम जोङ उनले ‘युद्धमा पुटिन र रुसले जित्ने’ विश्वास व्यक्त गरे

  • 21.5K
    SHARES

  • स्वदेश फर्किनुअघि किम जोङ उनले ‘युद्धमा पुटिन र रुसले जित्ने’ विश्वास व्यक्त गरे

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश प्रस्थान गरेका छन् । रिपोर्टका अनुसार उनी रेलबाट फर्कदैछन् ।

    रुसी राष्ट्रपति पुटिन र किम जोङ उनबीच सन् २०१६ मा बनेको रुसको अन्तरिक्ष केन्द्र भास्टोचनी कोस्मोड्रोममा भेट भएको थियो ।

    यस क्रममा रुसले उत्तर कोरियाको अन्तरिक्ष कार्यक्रममा सहयोग गर्ने आश्वासन दिएको थियो । भेटमा किमले ‘साम्राज्यवादविरुद्धको युद्धमा रुसलाई साथ दिने’ बताएका छन् ।

    रुसी समाचार एजेन्सीका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति पुटिनलाई रुसी सेनाले शत्रुहरूमाथि विजय हासिल गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    उनले भने, “हामी विश्वस्त छौं कि रुसी सेना र जनताले संयुक्त शत्रुहरू विरुद्धको यो पवित्र युद्ध अवश्य जित्नेछन्।”

    उनको भनाइलाई रुस र युक्रेनबीच चलिरहेको युद्धसँग जोडिएको छ । उत्तर कोरियाले रुसलाई युद्ध सामग्री उपलब्ध गराउने विश्वास गरिएको छ ।

    भेटपछि पुटिन र किम जोङ उनले सँगै डिनर गरेका थिए ।

    सामाजिकपत्र

    • बुधवार, भाद्र २७ २०८००८:१८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology