• सोमवार, श्रावण ११ गते २०८३

आफ्नो जन्मदिनमा टेलिभिजन कार्यक्रमको टिजर रिलिज गरे जनकले, को हुन् जनक खड्का ?

आफ्नो जन्मदिनमा टेलिभिजन कार्यक्रमको टिजर रिलिज गरे जनकले, को हुन् जनक खड्का ?

आफ्नो जन्मदिनमा टेलिभिजन कार्यक्रमको टिजर रिलिज गरे जनकले, को हुन् जनक खड्का ?

  • 12.9K
    SHARES

  • आफ्नो जन्मदिनमा टेलिभिजन  कार्यक्रमको टिजर रिलिज गरे जनकले, को हुन् जनक खड्का ?

    सनातन संस्कृतिको महत्व दर्शाउने कार्यक्रम "युटोपिया- एक सुन्दर भविष्य" को टिजर आज विवाह पञ्चमीको अवसरमा प्रसारण संस्था नेपाल नेटवर्क टेलिभिजनबाट सार्वजनिक गरिएको छ। युटोपियाको अर्थ रामराज्य हुने भएकोले पनि राम सिता विवाहको अवसरमा सार्वजनिक गरिएको हो । कार्यक्रममा सनातन संस्कृति भित्र लुकेका रहस्यहरु उजागर गर्ने निर्माता पक्षले जनाएको छ । यस्तै निर्माता पक्षले आजको पुस्ता आफ्नो संस्कृति बारे सुनेको तर त्यसको महत्त्व बारेमा पुर्ण जानकारी नभएको बेला यस कार्यक्रमबाट जानकारी दिने उद्देश्य रहेको जनाएका छन ।

    को हुन् जनक खड्का ?

    चर्चित चलचित्र निर्देशक तथा कलाकार आवाजको दुनियाको साथि दिनेश डिसीसंग १२ बर्षदेखि मुख्य सहायक निर्देशकको रूपमा काम गरेका जनक खड्का नेपाली चलचित्र क्षेत्रका बहुप्रतिभाशाली ब्यक्ति मानिन्छन। जनक खड्का नेपाली चलचित्र निर्देशक पनि हुन् | उनले २१ वर्ष र फिक्का नामक दूई चलचित्र निर्देशन गरेका छन् । साहित्यमा युवा गजलकार जेके विरक्त भनेर समेत चिनेने खड्काको जन्म रामेछाप जिल्लामा भएको हो | एक्काईस वर्षको ऊमेरमा चलचित्र "21 वर्ष" निर्देशन गरेर चर्चामा आएका युवा निर्देशक खड्का पत्रकार समेत हुन् |

    प्रमुख कलाकार तथा प्राविधिक सबै एक्काइस बर्षकै प्रयोग गरिएको यो चलचित्रको छायाङ्कन २१ दिन गरिएको थियो । कान्तिपुर टेलिभिजन मा कार्यक्रम निर्माता, निर्देशकको रूपमा तथा नेपाल नेटवर्क टेलिभिजनमा कार्यकारी अधिकृतको रूपमा समेत काम गरेका उनी युवा ज्योतिषको रूपमा परिचित छन् ।

    बिभन्न चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापनहरूमा लेखक, निर्देशक तथा कलाकारको रूपमा काम गरिसकेका खड्काले कान्तिपुर टेलिभिजन बाट प्रसारण भएको दिनेश डिसी निर्देशित हास्य टेलिशृंखला ट्वाक्क टुक्क रिटर्न्सको लेखक, कलाकार तथा मुख्य सहायक निर्देशकको रूपमा काम गरेका थिए ।

    खड्का निर्देशित चलचित्र फिक्का समिक्षकहरूको मन जित्न सफल बनेको थियो । खड्का चलचित्र क्षेत्रमा आउनुपुर्ब मिस प्लस टु नेपाल , मिस नेपाल कल्चर, मिस युथ नेपाल आदि सौन्दर्य प्रतियोगिता आदि कार्यक्रमको आयोजक समेत हुन् । सिनेमा सर्कल नेपाल को महासचिव, नेपा ट्रस्ट को कोषाध्यक्ष, मेगा आर्ट एण्ड ईन्टरटेन्टमेन्ट को अध्यक्ष आदि रहेका खड्का समाजसेवामा समेत सकृय रहेका छन् । दिनेश डिसी अध्यक्ष रहेको सिनेमा सर्कल नेपालले नेपालकै प्रतिष्ठित फिल्म अवार्ड सिने सर्कल अवार्ड आयोजना गर्दै आएको छ भने नेपा ट्रस्टले सामाजिक गैरनाफामुलक काम गर्दै आएको छ । जे होस हाम्रो तर्फबाट निर्देशक खड्कालाई जन्मदिनको शुभकामना ।

    अंग्रेजी शब्द युटोपियाको अर्थ स्वप्नलोक वा रामराज्य हुने गर्दछ । राजनितिज्ञ एवं लेखक नवराज लम्सालको कार्यकारी निर्माणमा बन्न लागेको यस कार्यक्रममा देशका बिशिष्ट योगदान पुर्याउने ब्यक्तिहरूलाई अतिथिको रूपमा बोलाएर हिन्दु धर्मको चुनौती, महत्व र अवसरलाई विश्लेषण गर्दै वैदिक ज्योतिषशास्त्रको आधारमा समेत अतिथिको जन्मकुण्डलि बिश्लेषण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ। कार्यक्रममा धर्मका साथै धर्मसंग जोडिएको विज्ञानको विषयमा समेत बहस हुनेछ । यस कार्यक्रम को डिजिटल कपिराईट फ्रि गरिएको छ । हेर्नुस कार्यक्रम को टिजर ।

    सामाजिकपत्र

    • आइतवार, पौष १ २०८००४:५५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology