- तीर्थबहादुर रायक्षेत्री “श्रमिक”
हरेक वर्षको मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाइने गरिन्छ । यो दिवस कुनै खुशीयालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैङ्गिक बिभेद बिरुद्धको आवाज हो । वर्षौसम्मको असमानता, अन्याय, थिचोमिचो र उत्पीडित महिलाहरुको वलिदानपूर्ण संघर्षले प्राप्त भएको महिला सशक्तिकरणको लागि निरन्तर रुपमा अघि बढ्ने मार्ग हो । सधैं झै यो वर्ष २०२५ लाई, विश्वभरी ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईदै छ ।
यस वर्षको नारा “ँयच ब्िि ध्यmभल ब्लम न्ष्चकिस् च्ष्नजत, भ्त्रगबष्तिथ ब्लम भ्mउयिथmभलत” अर्थात् “सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तिकरण” रहेको छ । यो नाराले महिला र बालिकाहरुको हक, समान अवसर, न्ययपूर्ण व्यवहार र उनीहरुलाई सशक्तिकरण गर्ने कुरामा जोड दिएको पाइन्छ । साथै बालबालिका, किशोरी तथा महिलाहरुमाथि हुने दुव्र्यवहार, बलात्कार, हत्या हिंसा, असमान व्यवहार, बिभिन्न अवसरहरुबाट बन्चित गरिने जस्ता व्यवहारले समाजलाई असभ्यतातर्फ धकेलिरहेको अवस्थालाई सम्बोधन गर्न र सामाजिक न्याय, समता र सामाजिक सशक्तिकरणको लागि रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरुको योजना तर्जुमा गरी कार्यन्वयन गरिनुपर्छ भन्ने अर्थ दिन्छ । यसलाई नाराको रुपमा मात्र सिमित नराखी कार्यात्मक रुपमा अगाडि बढाउनु सबैको महत्वपूर्ण दायित्व हो ।
महिला दिवसको ईतिहास हेर्ने हो भने संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको भेटिन्छ । सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रवरी १९०९ मा पटक महिला दिवस मनाईएको थियो ।
त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तर्राष्ट्रिय महिलाहरुको बृहत भेला भयो । यस भेलामा १७ वटा देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । ती साहसिक महिलाहरुले पुरुष सरह श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनु पर्ने, सदियौदेखि महिला तथा किशोरी माथि धर्मको नाममा, सामाजिक संस्कार र चलनको नाममा, पाप धर्मको तथा पुण्य कमाउने प्रथाको नाममा र जाति तथा वर्गको नाममा हुँदै आइरहेको बिभिन्न खाले अन्याय, अत्याचार, शोषण, दमन, हिंसा जस्ता लैङ्गिक र अमानवीय व्यवहारप्रति खुलेर संघर्षको यात्रालाई अघि बढाउने जस्ता महान् कार्यको थालनी गरेका थिए । अग्रज साहसिक महिलहरु लैङ्गिक विभेद, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिक जस्ता विविध क्षेत्रहरुमा भएको शोषण, दमन, थिचोमिचो र विभेदको बिरुद्धमा आवाज बुलान्दित गर्दै, अन्तर्राष्ट्रिय स्तर सम्म प्रभाव जमाउन सफल भएका थिए । यही सम्मेलनमा जर्मनकी माक्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्ताव गरे अनुसार सन् १९११ मा यस प्रकारको महिला जागृतिले बिभिन्न राष्ट्रमा पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाउने क्रमको शुभारम्भ भएको पाइन्छ।
सन् १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हड्तालमा जाने निर्णय गरे । यो हड्ताल पनि ऐतिहासिक थियो । रसियामा जारले सत्ता छोड्न बाद्धे भएपछि बनेको अन्तरिम सरकारले महिलालाई भोट दिने अधिकार दियो । जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रवरीको अन्तिम आइतबार २३ फेब्रवरीमा पथ्र्यो जबकी ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित भएको कारणले ८ मार्चलाई महिला दिवसको रूपमा मनाईन थालियो भन्ने कुरा नेपाली विकिपिडियामा उल्लेख गरेको छ ।
“नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई आमनागरिकको तहमा मनाउन थालिएको चार दशक भयो । मार्च ८ लाई नेपालमा पहिलोपटक वि।सं। २०१७ मा धनकुटाका केही शिक्षिकाले ‘आइमाई दिवस’को रूपमा मनाएको दस्ताबेजमा पाइन्छ । वि।सं। २०३३ सालबाट दरबारिया र घरानियाँ महिलाको नेतृत्वमा यस दिवसलाई ‘अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा मनाउन थालियो ।”
२०३४ बाट पारिजातको संयोकत्वमा गोप्य रूपमा ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइयो । तर, २०३६ सालमा श्रमिकको बीचमा नेपाल स्वतन्त्र मजदुर युनियनको गठन र २०३७ मा शान्ता मानवीको संयोकत्वमा अखिल नेपाल महिला संघको पुनस्र्थापना भएपछि मार्च ८ को विश्व इतिहासको मर्मसँग सामिप्यता राख्ने गरी देशव्यापी रूपमा हरेक वर्ष यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालिएको भेटिन्छ ।
नेपालमा औपचारिक रुपमा अन्तर्राष्ट्रिय महिला दिवसको शुरुवात वि।स। २०१६ सालमा तत्कालिन प्रधान मन्त्री विशेश्वर प्रसाद कोईरालाको पालामा भएको देखिन्छ । विपि कोईरालाको प्रधानमन्त्री कालमा द्धारिकादेवी ठकुरानी मन्त्रीमण्डलमा समावेश भएर राजनीतिक पदमा महिलाको सहभागिताको शुवातसँगै राज्यको प्रमुख पदहरु राष्ट्रपती, प्रधानन्यायाधीश जस्ता गरिमामय पदहरुमा महिला पुग्न सफल हुनु गर्वको कुरा हो । यस अर्थमा नेपाली महिलाहरुको उदाहरण देखेर विश्वका महिला आश्चर्यचकित भएका हुनसक्छन् तथापि नेपाली महिलाहरुले भोग्ने गरेका पीडा, हत्या, हिंसा जस्ता कुरालाई हेर्दा गर्व गर्ने कुराहरुले जिस्क्याउन थाल्छ । चाहे अहिलेसम्म न्याय नपाएकी निर्मला पन्त हुन वा वलात्कार पछि मारिएकी १४ वर्षिय सम्झना कामी हुन् वा गर्भवती बनाएर विवाहको नाटक गरी झुण्ड्यार मारिएकी १३ वर्षिय अंगिरा पासी या निर्मलाकै झझल्को दिने बलात्कारपछि मारिएकी भागरथी भट्ट हुन् या गतवर्ष चितवनको रत्ननगर नगरपालिका स्थित एकता शिशु निकेतन स्कूलमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेलको झुण्डिएको अवस्थामा भेट्टाईको दुःखद घटनाले टुक्राईएको हृदय होस् अथवा आफ्नै छोराबाट बोक्सीको आरोपमा दिसा खुवाएर कुटपिटमा मृत्यूवरण गरेकी सुदादेवीको दुःखद घटना हुन्, चाहे आफ्नै श्रीमानको हिंसा पीडितले न्याय नपएर सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याक्दै विरोध गर्न बाद्धे विनु यादव हुन्, वा आफ्नै बुबाबाट बलात्कृत बागलुङ, काठेखोलाकी १५ वर्षीय किशोरी हुन्, या वैतडी पंचेश्वर ४ सौलोडाकी २१ वर्षीय माया लुहारको हत्य होस् वा तिहारमा तपार्र्इंलाई टिका लगाइदिएकी थिए, त्यसको त ईज्वत राख्नुस भन्दै विन्तीभाउ गर्दा पनि अरु ३ जना सहितबाट सामूहिक बलात्कारको पीडामा परेकी १७ वर्षीय किशोरी अथवा आफूलाई बलात्कार गर्ने दोषीलाई कानुनबमोजिम कारवाहीको मागको सुनाई नहुँदा कुमारी आमा निहारिका राजपुतले राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहाको प्रयास गरेको घटना अथवा आफ्नै श्रीमानबाट बेचियकी चेलीको पीडादायी घटना हुन् वा यौन प्रस्तावको अश्वीकार गरेकी घाँस काट्न गएकी १८ वर्षीय सुचिना घलेको हत्या तथा कालिकोटकी १३ वर्षीय दृष्टिबीहिन बालिकाको बलात्कार वा यही वर्ष नै यौन प्रस्ताव अस्वीकार गर्दा मारिएका अछामका दुई होनाहार किशोरी ईशरा र सरस्वती, वा सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीय किशोरी रिंकु कुमारी सदालाई न्याय दिनुको साटो पंचायत बसेर घटनालाई गुपचुप पारेपछि मृत फेला परेकी मनै रुवाउने घटना अथवा ७३ वर्षीय जेष्ठनागरिक महिलालाई बसमा सामूकि बलात्कार गरेको दुःखद घटना तथा काठमाडौंबाट बुटवल पुर्याइदिन्छु भनेर ट्रकमा राखेर दुई वर्षको छोराको अगाडि राजमार्ग भरी पटकपटक बलात्कार गरेको अपत्यारिलो सत्य घटना हुन् । त्यसैगरी उच्च शिक्षा हासिल गरेर केही गर्छु भनेर भारतको ओडिसामा अध्ययनरत प्रकृति लम्सालको शंकासपद मृत्युले सबैलाई रुवाएको अवस्था अनि आफ्नै बुबाबाट बलात्कार भएकी ती कलिला मुहुना छोरीहरुको ह्दयविदारक पीडा जस्ता आङ्ग जिरिङ्ग गराउने बढ्दो घटनाक्रमले महिलाहरुको उच्चपदहरुमा भएको सहभागीताको उपहास गरिरहेको महसुस गराउँछ जुन दुःखको कुरा हो । यस्तो प्रतिनिधित्व ती प्रतिनिधिको आफ्नो भोगविलास, मस्ती र उच्चस्तरको खानदानी जीवनशैलीको लागि होईन समग्र सामाजिक रुपान्तरण, न्यायोचित व्यवस्थापन र सामाजिक सशक्तिकरणका लागि निर्देशित र क्रियाशील हुनुपर्छ ।
हरेकपटक यस्ता दिवसहरु एक ठाउँमा मनाउदै गर्दा अर्को ठाउँमा हिंसाका घटनाहरु घटिरहेका हुन्छन् । यसले यस्ता कार्यक्रमहरु कार्यक्रम र नारामा नै सीमित छन् कि भन्ने आभाष हुन्छ । किनकि यस्ता अधिकांस कार्यक्रमहरु सुविधासम्मपन्न शहरवजारमा मात्र सिमित हुने गर्छन्, बन्द कोठामा सीमित गरिन्छन् । यस्ता कार्यक्रमहरुलाई सबैको साझा कार्यक्रम बनाएर हरेक व्यक्तिको मष्तिष्क र ह्दयको केन्द्रविन्दुमा नपु¥यासम्म र पुरातनवादी सोच र पुरुषबादी मानसिकतामा शुद्धिकरण नभए सम्म महिला मुक्ति कतै सम्भव छैन । यो वर्षको राष्ट्रिय नारा “सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण” भन्ने नाराका साथ यो दिवसलाई भव्य, सभ्य र व्यवस्थित रुपले मनाउनका लागि आव्हान गरिएको छ । यो दिवसले राज्यले तय गरेको नारा र उद्देश्य पूरा गर्न सफल बन्न सकोस् । कुनै बन्दकोठामा कैद गर्ने होइन, मुलुको दूरदराजसम्म पुरयएर चेतनाको अभिवृद्धि गर्दै यस नारालाई साँचो रुपमा परिणाममुखी बनाउन सार्थक बन्न सकोस् । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ।
( यस स्तम्भका स्तम्वकार मानव बेबिखन र लैंगिक हिंसा अन्त्यको अभियानमा कार्यरत आफन्त नेपालसँग आवद्ध हुनुहुन्छ ।)