• सोमवार, श्रावण ११ गते २०८३

यस्ता छन् नवनियुक्त उपकुलपति बरालका विश्वविद्यालय सुधार्ने ३ प्राथमिकता

यस्ता छन् नवनियुक्त उपकुलपति बरालका विश्वविद्यालय सुधार्ने ३ प्राथमिकता

यस्ता छन् नवनियुक्त उपकुलपति बरालका विश्वविद्यालय सुधार्ने ३ प्राथमिकता

  • 19.5K
    SHARES

  • यस्ता छन् नवनियुक्त उपकुलपति बरालका  विश्वविद्यालय सुधार्ने ३ प्राथमिकता

    त्रिभुवन विश्वविद्याल (त्रिवि) मा उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।

    विश्वविद्यालयलाई राजनीतिमुक्त गराउने, गुमेको साख फर्काउने, अनुसन्धान केन्द्रित शैक्षिक कार्यक्रम चलाउने, सम्बन्धन र बजेटलाई व्यवस्थित गर्ने काम नगरी सजिलै त्रिवि नसुध्रने प्राज्ञिक जगतले आवाज निकालिरहेका बेला बराल नेतृत्वमा आइपुगेका छन् ।

    राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउन प्रतिस्पर्धाबाट नेतृत्व छानिनुपर्ने प्राज्ञिक व्यक्तिहरुको दबाबकाबीच ४३ जनाबाट १४ जना, ३ जना हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उपकुलपतिमा बराल नियुक्त भएका हुन् ।

    बरालले उपकुलपति भएसँगै सुरु गर्ने ३ वटा प्राथमिकता सुनाए । 

    ‘मेरो पहिलो प्राथमिकता के हो भने एकेडेमिक क्यालेन्डर बनाएर कार्यान्वयन गर्ने र शैक्षिक कार्यक्रमलाई ट्र्याकमा ल्याउने हुनेछ,’ बरालले भने, ‘विद्यार्थीले शैक्षिक क्यालेन्डर मागिरहेका छन्, त्यसको कार्यान्वयन भइराखेको छैन । जसका कारण समयमै शैक्षिक कार्यक्रम हुन सकिरहेका छैनन् ।’

    बरालको दोस्रो प्राथमिकतामा परीक्षाको नतिजा समयमै निकाल्ने छ । परीक्षाको नतिजामा समयमै नआउँदा पनि विश्वविद्यालयप्रति धेरैको विश्वास घटेको उनको भनाइ छ । समयमै नतिजा प्रकाशन गर्न नसक्नुमा विभिन्न कारणहरु रहेको र त्यसको पुनर्संरचना गर्नुपर्ने बरालले बताए । केही संस्थागत विकास पनि गर्ने योजना बरालले सुनाए ।

    बरालले तेस्रो प्राथमिकतामा पाठ्यक्रम सुधारलाई राखेका छन् । ‘त्रिभुवन विश्वविद्यालयमा मेरो तेस्रो प्राथमिकताको विषय पाठ्यक्रमको सुधार हो । धेरै वर्षसम्म पनि पाठ्यक्रम अध्यावधिक भइराखेको छैन,’ बरालले भने, ‘श्रम बजार र मागअनुसार पाठ्यक्रमलाई अध्यावधिक गर्नुपर्ने छ । यी ३ कुरा हुनेवित्तिकै विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्छ ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology