नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षक आन्दोलन लम्बिँदा विद्यार्थीहरूको पठन प्रक्रियामा नै समस्या भएको बताएका छन् ।
शिक्षकका जायज माग सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने उनको आग्रह छ । तर, सरकार शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि दमन गर्ने नीतिका साथ प्रस्तुत हुन थालेको भनेर आलोचना गरे ।
‘पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सरकारले गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने गर्दा समस्या भएको हो,’ उनले बताएका छन् ।
सबै पक्ष जिम्मेवार भएर शिक्षकका जायज माग सम्बोधन गर्नमा लाग्नुपर्ने उनको आग्रह छ ।