अर्थमन्त्री विष्णु पौडेलले बजेटमा राखिएको ‘टेक एन्ड पे’को व्यवस्था फिर्ता लिएको बताएका छन्।मंगलबार संसद्मा सम्बोधन गर्दै उनले वित्तीय जोखिम मूल्यांकनको आधारमा विद्युत् खरिदबिक्री गर्ने बताएका हुन्।
अर्थमन्त्री पौडेलले भने, ‘ऊर्जा विकासमा सरकारको मात्रै लगानी पुग्दैन। निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन चाहेका छौँ।’
हाल ल्याइएको बजेटको सो बुँदामा ‘जलविद्युत् आयोजना सम्पन्न हुने समय तालिकासँग संगति मिल्ने गरी सबस्टेसन र प्रसारणलाइन निर्माण गरिनेछ। विद्युत् उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत् खरिद सम्झौता गर्ने नीति लिइनेछ।
रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणाअनुरुप विद्युत् खरिद सम्झौता गरिने’ उल्लेख छ।