• सोमवार, श्रावण ११ गते २०८३

अर्थमन्त्रीमा विष्णु पौडेल !

अर्थमन्त्रीमा विष्णु पौडेल !

अर्थमन्त्रीमा विष्णु पौडेल !

  • 8.2K
    SHARES

  • अर्थमन्त्रीमा विष्णु पौडेल !

    प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले डा। युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेर अर्थमन्त्री छिट्टै बनाउने सोच बनाएका थिएनन् ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेपछि नयाँ अर्थमन्त्रीको खोजी भएकाले पौडेलको सम्भावना बनेको बालुवाटारनिकट स्रोत बताउँछ ।

    अर्थमन्त्रीमा पौडेलको सम्भावना बढेको छ,” बालुवाटार स्रोतले भन्यो, “पौडेलले पार्टीकै काममा रुचि देखाए पनि विश्वास पात्रको खोजी गर्दै जाँदा पौडेलको सम्भावना बढेको हो । 

    अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको पनि चर्चा चलेको थियो । तर, फरक गुटका कारण ओलीले उनलाई रुचाएका छैनन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पाण्डेलाई फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेको उनीनिकट स्रोतले बताएको थियो ।

    भट्टराईले अर्थबाहेक अरू मन्त्री बन्न प्रस्ताव गरेकाले पनि पाण्डेको सम्भावना नरहेको उनीनिकटस्थ नै बताउँछन् । पाण्डेले पनि अर्थमन्त्रीबाहेक अरू मन्त्रालयको जिम्मेवारी नलिने बताइसकेका छन् ।

    खतिवडालाई राजदूत सिफारिस गरेपछि पौडेलको सम्भावना बढेको एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पौडेलको पक्षमा नकारात्मक हुन सक्दैनन् ।

    महासचिव पौडेल भने आफूलाई महासचिवकै कार्यबोझ रहेको बताउँदै आएका छन् । केही दिनअघि पौडेलले अहिले मन्त्री बन्नेभन्दा पार्टीकै काममा खटिने बताएका थिए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology