• आइतवार, आश्विन ४ गते २०८३

सभापति खतिवडाले राजीनामा दिनुपर्छ: सांसद माधव सापकोटा

सभापति खतिवडाले राजीनामा दिनुपर्छ: सांसद माधव सापकोटा

सभापति खतिवडाले राजीनामा दिनुपर्छ: सांसद माधव सापकोटा

  • 83.9K
    SHARES

  • सभापति खतिवडाले राजीनामा दिनुपर्छ: सांसद माधव सापकोटा

    नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलिङ अफ पिरियडमा भएको शब्दको चलखेल सुविचारित तरिकाले गरिएको षड्यन्त्र भएको भन्दै  राज्य व्यवस्था तथा सुशासन  समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने माग पनि गरे।

    उनले भने, ‘मुख्यसचिव र संसदका महासचिवको नेतृत्वमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा जुन देउसी खेलियो, त्यो पृष्ठभूमि सम्झिनुपर्छ। राज्य व्यवस्थामा सैद्धान्तिक र राजनीतिक रूपमा समझदारी कायम भयो।

    सभापतिजीले अन्तिम समितिको बैठक नबसिकन प्रतिवेदन बुझाउनुभयो। यी दुई तथ्य हेर्नुपर्छ। यो सुविचारित तरिकाले गरिएको षड्यन्त्र हो। यसलाई हामीले यसरी नै लिएका छौँ। संसदमाथिको गम्भीर अपराध हो।

    यसलाई सामान्य रूपमा लिन सक्दैनौँ। जानाजानी समिति सभापति जानकार हुनुहुन्छ भने यो त किर्ते जालसाजी हो। उहाँको संलग्नता छैन भने उहाँले हस्ताक्षर गरेको प्रतिवेदनमा कहाँबाट आयो? नैतिक रूपमा समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ। उच्चस्तरीय वा संसदीय छानबिन समिति बनाउनुपर्छ। संलग्नलाई कारबाही गर्नुपर्छ।’

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology