• बुधवार, आश्विन २८ गते २०८३

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

  • 4.3K
    SHARES

  • नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

     नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटनसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ।

    सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सीमित भएको छ ।

    यस पूर्वाधारले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्दै मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

    पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको, सुरुङमार्ग निर्माणमा संलग्न ६३ वर्षीया पूर्ण जोशी लगायतबाट सोमबार सुरुङमार्गको औपचारिक उद्घाटन भएको हो। 

    नागढुंगा सुरुङमार्गले काठमाडौं उपत्यकाको पश्चिमतर्फको प्रवेशद्वार र राष्ट्रिय राजमार्ग सञ्जालको सबैभन्दा बढी भीडभाडयुक्त एवं जोखिमपूर्ण खण्डहरूमध्ये एकको रूपमा काम गर्ने छ । 

    रुङमार्गको उद्घाटनसँगै आज त्यो अध्याय समाप्त भएको  छ। यो सुरुङमार्ग नेपाल–जापान  मित्रताको पछिल्लो र सम्भवतः सबैभन्दा स्पष्ट अभिव्यक्ति हो । 

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology