• शनिवार, भाद्र १३ गते २०८३

त्रिशूली नदी छेउछाउका बस्ती-बजार खाली गर्न सुझाव

त्रिशूली नदी छेउछाउका बस्ती-बजार खाली गर्न सुझाव

त्रिशूली नदी छेउछाउका बस्ती-बजार खाली गर्न सुझाव

  • 275
    SHARES

  • त्रिशूली नदी छेउछाउका बस्ती-बजार खाली गर्न सुझाव

    रसुवाको बाढी आउने क्रममा रहेकाले पृथ्वी राजमार्ग, मुग्लिन-नारायणगढ राजमार्गलगायत त्रिशूली नदी   छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन सुझाव दिएको छ। 

    आज बुधबार बिहान १०:५१ बजे सूचना जारी गरी बाढी महाशाखाले भनेको छ, ‘रसुवा भोटेकोसीमा आएको बाढी हाल धादिङ-गल्छी आसपास पुगेको अबको केही घण्टामा मुग्लिन पार हुने क्रममा रहेको हुदाँ पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट राजमार्ग लगायत त्रिशुली नदी   छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।’

    रसुवाका सहायक सीडीओ द्रुवप्रसाद अधिकारीका अनुसार लेन्दे खोला (भोटेकोसी) मा आएको बाढीले रसुवा नाकामा ठुलो क्षति भएको छ।

    ‘दुईवटा बजार तहसनहस भएको छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ। रसुवा भन्सार क्षेत्रमा ठूलो स‌ङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए। ती सबै बाढीमा बगेका छन्।’ 

     

    अधिकारीले बाढीले बजार र भन्सार पुरै बगाएको बताए। गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ। 

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology