• बुधवार, आश्विन २८ गते २०८३

रसुवामा बाढीपछि २८ प्रहरी सम्पर्कविहीन

रसुवामा बाढीपछि २८ प्रहरी सम्पर्कविहीन

रसुवामा बाढीपछि २८ प्रहरी सम्पर्कविहीन

  • 715
    SHARES

  • रसुवामा बाढीपछि २८ प्रहरी सम्पर्कविहीन

     रसुवामा २८ प्रहरी सम्पर्कविहीन भएका छन्।  नेपाल प्रहरीका १९ जना र सशस्त्रका ९ जना प्रहरी सम्पर्कविहीन भएका हुन्। 

    बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन्। अरु १३ जना सम्पर्कविहीन छन्। 

    यस्तै स्याफ्रुबेसीमा पनि ६ जना प्रहरी हराइरहेका छन्। त्यहाँ ९ जना प्रहरी रहेकोमा ३ जना मात्रै सम्पर्कमा आएको र अरु सम्पर्कविहीन रहेको पनि डीआईजी रेग्मीले बताए। 

    यस्तै टिमुरे बीओपीका ९ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन छन्। बाढीले प्रहरी कार्यालय पनि बगाएको छ। विपत् प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ।

    बुधबार बिहान ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ।

    खोज तथा उद्धारका लागि नेपाली सेनाले दुई वटा हेलिकप्टरसहितको टोली परिचालन गरेको छ। 

    अस्पतालमा सेनाको स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ। उद्धारका लागि नेपाली सेनाले धुन्चे, रसुवा र धादिङको गजुरीबाट टोली परिचालन गरेको छ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology