समाज त्रसित छ भ्रमित मानसिकता अतालिएको दिनचर्या हरु अस्त ब्यस्त सहर भोकाहरुले छ्ट्पटिएको सहर मानबता मर्न लागेको सहर मरेको मानबताको चिहानबाट उम्रने छ नयाँ मानबताको लहर यहि शहरमा कोविड-१९ संक्रमित म यो समाजले सम्झने छ बनाउने छ अछुत अनि म बन्नेछु अब अछुत।
यो समाज, मेरो समाज चित्र र चरित्र बुज्न नसकेको जटिल आफै बन्दैछ चराहरु आहराको लागि सल्बलाएका बचेराहरु आहरालाई पर्खदै छट्पटिएका बिचलित अनि स्खलित हुँदै आतन्कित छ मेरो शहर म यहि शहरको सदस्य कोविड-१९ बाट संक्रमित यसै कारणले अछुत बानाउने यो शहर।