• आइतवार, कार्तिक ९ गते २०७७

कोभिड–१९ ले अप्ठेरोमा परेका टेम्पो चालक तथा शिक्षकहरुलाई सरल कर्जा उपलब्ध गराइने

कोभिड–१९ ले अप्ठेरोमा परेका टेम्पो चालक तथा शिक्षकहरुलाई सरल कर्जा उपलब्ध गराइने

कोभिड–१९ ले अप्ठेरोमा परेका टेम्पो चालक तथा शिक्षकहरुलाई सरल कर्जा उपलब्ध गराइने

  • 436
    SHARES

  • कोभिड–१९ ले अप्ठेरोमा परेका टेम्पो चालक तथा शिक्षकहरुलाई सरल  कर्जा उपलब्ध गराइने

    कोरोना भाइरस (कोभिड–१९) ले अप्ठेरोमा परेका टेम्पो चालक महिलाहरुलाई प्रभु बैंकले सहुलियत ब्याजदरमा सरल कर्जा उपलब्ध गराउने भएको  छ । 

    मंगलबार एक कार्यक्रमको अवसर पारेर   प्रभु बैंकले ‘सहयात्रा समृद्धिको’ नामको कर्जा योजनाको  शुभारम्भ समेत गरेको छ । शुभारम्भको पहिलो दिन बैंकले १० जना टेम्पो चालकहरुलाई १ लाख रुपैयाँका दरले ऋण प्रवाह गरेको छ ।

    यो कर्जा योजना अन्तर्गत कोभिडले अप्ठेरोमा परेका टेम्पो चालक तथा समस्यामा परेका शिक्षकहरुलाई समेत कर्जा उपलब्ध गराइने बैंकका डेपुटी सीईओ मणिराम पोख्रेलले जानकारी दिए । 

     यो योजनाको प्रथम चरणमाकाठमाडौं उपत्यकाभित्रका सफा टेम्पो चालकहरुलाई १ लाख रुपैयाँका दरले र अनलाइन कक्षा लिनु पर्ने विद्यालय शिक्षकहरुलाई प्रति व्यक्ति ४ लाख रुपैयाँसम्म उपलब्ध गराउने बैंकले बताएको छ ।

    यो कर्जाका लागि कुनै धितो राख्नु पर्ने छैन । नागरिकता प्रतिलिपि र कर्जा लिएको कागजमा हस्ताक्षरमात्रै गरेर सरल तरिकाले कर्जा लिन सकिने डेपुटी सीईओ पोखरेलले जानकारी दिए ।

    उनका अनुसार यो सुहिलयत कर्जाको ब्याजदरपनि ५ प्रतिशतमात्रै हुनेछ । यो योजनालाई विस्तारै mत्रमिक रुपमले अन्य पेशा उद्यम गर्नेहरुका लागि काठमाडौं उपत्यका बाहिर पनि लागू गर्दै लैजाने बैंकको लक्ष्य छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology