• आइतवार, कार्तिक ९ गते २०७७

प्रभु बैंकको ब्राण्ड एम्बासडरमा कलाकार प्रदिप र कृष्टिना

प्रभु बैंकको ब्राण्ड एम्बासडरमा कलाकार प्रदिप र कृष्टिना

प्रभु बैंकको ब्राण्ड एम्बासडरमा कलाकार प्रदिप र कृष्टिना

  • 280
    SHARES

  • प्रभु बैंकको ब्राण्ड एम्बासडरमा  कलाकार प्रदिप र कृष्टिना


    प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बासडरमा  अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई नियुक्त गरेको छ।

    प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बासडरमा नियुक्त गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङ अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो।

    दुई कलाकार ब्राण्ड एम्बासडर नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंकप्रतिको विश्वसनीयतामा वृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology