• आइतवार, आश्विन ४ गते २०८३

उद्योग वाणिज्य महासंघको निर्वाचन आज, कसले मार्ला बाजि ?

उद्योग वाणिज्य महासंघको निर्वाचन आज, कसले मार्ला बाजि ?

उद्योग वाणिज्य महासंघको निर्वाचन आज, कसले मार्ला बाजि ?

  • 9.4K
    SHARES

  • उद्योग वाणिज्य महासंघको निर्वाचन आज, कसले मार्ला बाजि ?

    नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु भएको छ ।बिहान साढे ८ बाट सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने छ।

    महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष शखर गोल्छा स्वत अध्यक्ष बन्दै छन्। वरिष्ठ उपाधयक्षको लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानल नै निर्माण गरेर मैदानमा उत्रिएका छन्।

    चैतमा नै हुनपर्ने निर्वाचन कोरोना र सरकारले गरेको बन्दाबन्दीको कारण रोकिएको थियो।

    कोरोनाको कारण अहिले पनि निर्वाचन तीन स्थानमा तोकिएको छ। त्यसमा पनि एक पटक २५ जना भन्दा लाइनमा नबस्ने गरि मतदानको व्यवस्था गरिएको महासं३की अध्यक्ष भवानी राणाले बताइन्।

    उनले भनिन्‘ जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि क्याकेट माइतीघर र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने व्यवस्था गरिएको छ।

    त्यस्तै गरि ४ जना मतदातालाई कोरोना पुष्टि भएको खबर आएको छ उनीहरुलाई कमलादीमा छुट्ट व्यवस्था समेत गरिएको छ।’

    आजको निर्वाचनको लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमानमा छन्।

    महासंघको निर्वाचनमा ३ किसिमको मतदाता रहेका छन्। जिल्ला नगर, एसोसिएट र वस्तुगत रहेका छन्। सबैभन्दा धेरै मतभार जिल्ला नगरको हुने छ जसमा ५० प्रतिशतको मतभार हरेको छ।

    त्यस्तै गरि एसोसिएटनबाट ३० प्रतिशत र वस्तुगत तर्फबाट २० प्रतिशतको मतभार रहनेछ ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology