• सोमवार, श्रावण ११ गते २०८३

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

  • 10.3K
    SHARES

  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

    नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिद्वन्द्वी किशोर  प्रधानलाई पराजित गर्दै चन्द्र ढकाल निर्वाचित भएका छन् ।

    योसँगै निजी क्षेत्रको नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।

    ३० प्रतिशत मत भार रहेको एशाेसिएटमा चन्द्र ढकालले ५२२ र  किशाेर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेकाे वस्तुगतमा चन्द्र ढकालले ५९ किशाेर प्रधानले ३९ मत ल्याए ।  ५० प्रतिशत मत भार रहेको जिल्ला-नगरतर्फ चन्द्र ढकालले ५२ र किशाेर प्रधानले ५३ मत ल्याए ।

    ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६  प्रतिशत, एसोसियटतर्फ  १७.४६ प्रतिशत मत ल्याएर कूल ५४.२६ प्रतिशत मत ल्याए । प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याउन सके ।

     

    शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।

    महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology