गैंडाकोट नगरपालिका अन्तर्गत कालीगण्डकी कोरिडोरमा भएको ट्रक दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १७ हटिया बस्ने वर्ष ४५को सुरेश भुजेल, सोही ठाउँका वर्ष ३५ का बलराम श्रेष्ठ र पर्सा ठोरी गौतमनगर बस्ने वर्ष ५० का भीमबहादुर तामाङको रहेका छन् । भुजेल चालक हुन् ।
बुधबार बिहान गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी कोरिडोरको भोक्रेफाँट स्थानको सेतो पहराबाट ना ३ ख ५३३९ नम्बरको ट्रक करिब २ सय मिटर तल खसेको हो ।
लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कंदै गर्दा दुर्घटना भएको हो ।